अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

हिमाल प्रेस ७ कार्तिक २०८१ ६:५१ | Wednesday, October 23, 2024
अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

वासिङ्टन- अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन्। उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

उनले अमेरिकी उद्यमी–व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ कार्तिक २०८१ ६:५१ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast