अर्जुन कुमालको नेतृत्वमा गण्डकी यू-१९ क्रिकेट टोली घोषणा

हिमाल प्रेस ७ कार्तिक २०८१ ७:३० | Wednesday, October 23, 2024
अर्जुन कुमालको नेतृत्वमा गण्डकी यू-१९ क्रिकेट टोली घोषणा

कास्की- नेपाल क्रिकेट संघको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ।

गण्डकी प्रादेशिक क्रिकेट संघले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मंगलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। कुमाल अन्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुन्। वाई वाई अन्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ।

प्रादेशिक टोलीको छनोटका लागि संघले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रंगशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो। तर सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन।

प्रतियोगितामा सहभागी खेलाडीको प्रदर्शन र सहभागी प्रशिक्षकहरुको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।

असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो। टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन्।

वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार छनु। टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेक ढकाल रहेका छन्। गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताए।

प्रकाशित: ७ कार्तिक २०८१ ७:३० | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast