अमेरिकामा मिल्टन आँधी फ्लोरिडा पुग्यो

हिमाल प्रेस २४ असोज २०८१ १३:१२ | Thursday, October 10, 2024
अमेरिकामा मिल्टन आँधी फ्लोरिडा पुग्यो तस्बिर :एपी

काठमाडौँ- अमेरिकामा मिल्टन आँधी फ्लोरिडा पुगेको छ। आँधीका कारण एटलान्टिक तटमा धेरै जनाको मृत्यु भएको बताइएको छ।

आँधीका कारण त्यहाँ बाढी आएको छ भने स्थिति थप गम्भीर हुने जनाइएको छ। आँधीको गति अझै बढ्नसक्ने अनुमान गरिएको छ।

तीव्र गतिमा आएको आँधीका कारण पिटर्सबर्गमा एउटा बेसबल स्टेडियमको छाना उडेको छ। आँधीका कारण लाखौँ मानिस यसअघि नै आफ्नो घर छोडिसकेका छन्।

यसअघि राष्ट्रपति जो बाइडेनले यो शताब्दीको सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए।

उनले आँधीबाट नागरिकलाई बचाउने सरकारको प्रयासलाई लिएर पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दुस्प्रचारको आलोचना गरेका छन्।

प्रकाशित: २४ असोज २०८१ १३:१२ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast