अमेरिकामा अर्थमन्त्री पौडेल र एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता

हिमाल प्रेस ९ कार्तिक २०८१ ७:२६ | Friday, October 25, 2024
अमेरिकामा अर्थमन्त्री पौडेल र एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिसबीच  भेटवार्ता

अमेरिका- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ।

उक्त भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

त्यस्तै अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीबी पनि भेटवार्ता भएको छ। उनीहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो।

प्रकाशित: ९ कार्तिक २०८१ ७:२६ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast