अब हेटौँडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौँ सडक दुईतर्फी

हिमाल प्रेस ५ कार्तिक २०८१ ८:४५ | Monday, October 21, 2024
अब हेटौँडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौँ सडक दुईतर्फी

काठमाडौँ- हेटौँडा-काठमाडौँलाई जोड्ने हेटौँडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो। तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो।

सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

प्रकाशित: ५ कार्तिक २०८१ ८:४५ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast