अध्यक्ष तिवारीको प्रश्न : आईएमआईएसमा विद्यालय कर्मचारीको विवरण अद्यावधिक गराउन पर्दैन?

हिमाल प्रेस १ कार्तिक २०८१ १०:३१ | Thursday, October 17, 2024
अध्यक्ष तिवारीको प्रश्न : आईएमआईएसमा विद्यालय कर्मचारीको विवरण अद्यावधिक गराउन पर्दैन? नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मा विद्यालय कर्मचारीको विवरणबारे प्रश्न उठाएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आईएमआईएसमा शिक्षक विवरण अद्यावधिक नगराउँदा दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या परेको भन्दै बुधबार शिक्षकको विवरण अद्यावधिक गर्न गराउन आग्रह गरेपछि अध्यक्ष तिवारीले प्रश्न गरेका हुन्।

तिवारीको प्रश्न छ,‘आईएमआईएसमा शिक्षकको विवरण भर्नुपर्नेलगायत प्रशासनको काम कर्मचारी गर्ने तर कर्मचारीको विवरण नै आवश्यक नहुने कस्तो प्रणाली हो यो?’

परिषद्ले यस्तो एकल कामलाई मात्र प्राथमिकता दिएकोमा आपत्ति जनाएको छ। अध्यक्ष तिवारीले नेपाल शिक्षक महासंघले उक्त विषयमा आधिकारिक जानकारी दिनुपर्ने बताए।

याे पनि

आईएमआईएसमा शिक्षक विवरण अद्यावधिक नगराउँदा दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या!

प्रकाशित: १ कार्तिक २०८१ १०:३१ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast