‘अग्निदहन’ को टिजर: बोक्सीको आरोपमा महिलालाई दिने यातनाको कथा

हिमाल प्रेस २ कार्तिक २०८१ १३:०६ | Friday, October 18, 2024
‘अग्निदहन’ को टिजर: बोक्सीको आरोपमा महिलालाई दिने यातनाको कथा

काठमाडौँ- फिल्म ‘अग्निदहन’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट १४ सेकेन्डको टिजरमा बोक्सीको आरोप खेपिरहेकी एक अधवैंशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य देखाइएको छ।

साथै बोक्सीको लागेको भन्दै धामीझाँक्री र समाजले महिलालाई दिने यातना र मानसिक असन्तुलनको कथालाई प्रस्तुत गरिएको छ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला र ताराबहादुर गुरुङको अभिनय छ। फिल्म आगामी मंसिर ७ देखि प्रदर्शन हुनेछ।

यो फिल्म साहित्यकार तथा पत्रकार लोकमणी पौडेल उपन्यास ‘अग्निदहन’ मा आधारित छ। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्।

फिल्ममा कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणी पौडेलको कथा र संवाद छ। फिल्म परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादनमा बनेको छ।

प्रकाशित: २ कार्तिक २०८१ १३:०६ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast