तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

हिमाल प्रेस १४ कार्तिक २०८१ ७:२६ | Wednesday, October 30, 2024
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

संखुवासभामा- संखुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले पाँच लाख रुपैयाँदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरी वितरण सुरु गरिएको जानकारी दिए।

तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा ३३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन्। जसमा १६ घर पूर्णरूपमा विस्थापित हुनेछन्।

आयोजना निर्माणका लागि करिब ६५.९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ। प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ।

मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युतको उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७।४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाको भनाइ छ।

सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो। रासस

प्रकाशित: १४ कार्तिक २०८१ ७:२६ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast