धनुषामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस १४ असोज २०८१ २१:२६
12
SHARES
धनुषामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ- धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ढल्केबर–जनकपुरधाम सडकखण्डको मिथिला नगरपालिका–२ नक्टाझिझमा प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल सोमबार राति करिब ८ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी धनुषा गणेशमानचारनाथ नगरपालिका–१ बस्ने २७ बर्षीय सत्यनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुर्घटनामा परी एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जनकपुरधामबाट ढल्केबरतर्फ गइरहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रकाशित: १४ असोज २०८१ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =