केदार श्रेष्ठको निर्देशनमा ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै

हिमाल प्रेस १४ असोज २०८१ १६:११
198
SHARES
केदार श्रेष्ठको निर्देशनमा ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै

काठमाडौँ- केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा तिहारपछि मञ्चन हुनेछ।

नाटकमा दुई कलाकार रहनेछन् मेनुका प्रदान र कार्म शाक्य। कलाकार कार्म अभिनीत फिल्म ‘शाम्बाला’ नेपालमा प्रदर्शन भइरहेको छ।

यो नाटक मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक हो। यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘मेषिदण्ड’ नाटक मञ्चन भइसकेको छ। मण्डलाले दुई वर्षमा सात नाटक मञ्चन गर्ने घोषणा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =