बाढी-पहिरोका कारण भौतिक पूर्वाधारमा २५ अर्बको क्षति

हिमाल प्रेस १४ असोज २०८१ १५:५९
6
SHARES
बाढी-पहिरोका कारण भौतिक पूर्वाधारमा २५ अर्बको क्षति बाढीले क्षतिग्रस्त भएको जलविद्युत आयोजना।

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लोपटकको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा साढे २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन्।

भौतिक मन्त्रालयले हालसम्म संकलन गरेको विवरणअनुसार सडक, बाटो, पुल, झोलुंगे पुल र अन्य भौतिक क्षेत्रमा गरी साढे २५ अर्बभन्दा बढीको क्षति भएको उनको भनाइ छ। ‘तीनदिन लगातर परेको बर्षाका कारण अर्बौँको क्षति भएको छ,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयले पनि क्षतिको तथ्यांक संकलन गरिरहेका छन्। क्षतिको आँकलन अझै बढ्नेछ’

विभिन्न स्थानमा पक्ली पुल, सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको अहिले बिग्रिएको संरचनालाई अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ।

बिहीबार दिउँसोदेखि आइतबारसम्म परेको अबिरल बर्षापछिको बाढी पहिरोका कारण  तीनवटा बेलिबृज पूल (पाँचथर, सुनसरी र सिन्धुपाल्चोक) बगाएको छ। त्यस्तै पक्की पूल पाँचवटा, झोलुंगे पूल सातवटा र अन्य किसिमका पूर चारवटा गरी १९वटा पूलमा क्षति भएको छ। बाढी पहिरोमा परेर २०४ जनाको निधन भएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १४ असोज २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =