सर्वोच्चका प्रधानन्यायाधीशमा सिफारिस भएका राउतविरुद्ध उजुरीको चाङ

हिमाल प्रेस १४ असोज २०८१ १२:३२
50
SHARES
सर्वोच्चका प्रधानन्यायाधीशमा सिफारिस भएका राउतविरुद्ध उजुरीको चाङ प्रकाशमानसिंह राउत

काठमाडौँ- सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएको छ। उनीविरुद्ध प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

‘संसदीय समितिमा जम्मा आठवटा उजुरी परेका थिए। आठमध्ये ६ वटा राउतविरुद्धको उजुरीको निवेदन छ। बाँकी दुईवटा भने राजदूतको विषयमा परेको उजुरी हो,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘उजुरीहरू आज खोलिनेछ। त्यसपछिमात्रै के-कस्ता उजुरी परेका छन् भन्ने सार्वजनिक गरिनेछ।’

राउत गत भदौ ३१ गते बसेको संवैधानिक परिषद् बैठकबाट सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस भएका थिए।
त्यसपछि असोज ३ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध १० दिनको समय दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो। सोही अवधिमा उनीविरुद्ध ६ वटा उजुरी निवेदन परेका हुन्।

त्यस्तै आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चका न्यायाधीश सिफारिस भएका नृपध्वज निरौला र नित्यान्द पाण्डेविरुद्ध उजुरी आह्वानको तयारी गरेको छ। बैठक दिउँसो १ बजेपछि बस्नेछ।

प्रकाशित: १४ असोज २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =