तराईबाट देखिएको हिमाल [तस्बिरहरू]

विनोद परियार १४ असोज २०८१ ११:५७
68
SHARES
तराईबाट देखिएको हिमाल [तस्बिरहरू] रूपन्देहीको बेथरी र लुम्बिनी सांस्कृतिक नगरक्षेत्रबाट देखिएका हिमालका दृश्य। तस्बिर : विनोद परियार

लुम्बिनी- लगातारको झरीपछि मौसम सुधार भएको छ। पानीले धुलौमैलो पखालिएपछि तराईबाट हिमाल देखिएको छ।

आइतबार रूपन्देहीबाट अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृंखला देखिएको हो। तराईको फाँटमा झुल्दै गरेका धानका बाला अनि उत्तरतर्फको पहाडको पछाडि देखिएको हिमालको दृश्यले जोकोही आनन्दित हुन्थे। भैरहवा, मायादेवी, लुम्बिनीलगायतका क्षेत्रमा आकाश सफा हुँदा करिब १ घन्टासम्म हिमाल देखिएको हो।

‘पानी परेपछि मौसम सफा हुन्छ, त्यसपछि लुम्बिनी क्षेत्रबाट हिमाल देखिन्छ’ लुम्बिनीका स्थानीय प्रह्लाद यादवले भने। उनले लगातारको झरीपछि आइतबार केहीबेर निकै लामो रेन्जमा हिमाल देखिएको बताए।

‘विपत्तिले देश रोइरहेका बेदा लुम्बिनीबाट हिमाल हाँसिरहेछ’, भन्दै पत्रकार रमेश गैरेले सामाजिक सञ्जालमा हिमालको दृश्यसहितको तस्बिर सेयर गरेका छन्।

तराईमा फाँटमा झुलेका धान, सडक वरिपरि फुलेका फूलहरुको दृश्यले लोभ्याएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकहरु सफा मौसमसँगै आनन्द लिइहेका भेटिन्छन्।

रूपन्देहीको शुद्धोधन गाउँपालिकाको नहरको डिलमा फुलेका फूल र खेतको दृश्य।

 

प्रकाशित: १४ असोज २०८१ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =