साथीको उद्धार गर्न खोज्दा कर्नेल केसीको ज्यान गयो

हिमाल प्रेस १३ असोज २०८१ १८:५४
74
SHARES
साथीको उद्धार गर्न खोज्दा कर्नेल केसीको ज्यान गयो

काठमाडौँ– साथीको उद्धार गर्न खोज्दा पहिरोमा पुरिएर नेपाली सेनाका (महासेनानी) कर्नेल मिलन केसीको निधन भएको छ। केसीले आफ्ना कोरियाली साथीलाई बचाउन खोज्दा ज्यान गुमाएका हुन्। उनले कोरियाबाट स्टाफ कलेज गरेका थिए।

स्टाफ कजेज गर्दाका साथीहरुलाई घुमाउन उनी सिन्धुपिाल्चोक पुगेका थिए। सुनकोशी गाउँपालिका-४ को सिन्धु बिच रिसोर्टमा बिहानको खाना खाने समयमा पहिरोमा केसी र उनका कोरियाली साथी पुरिएका थिए।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसीको स्थायी घर दोलखा भीमेश्वर नगरपालिका हो। ३६ वर्षीय केसीको शव पहिरोबाट निकालिएको सेनाका अधिकारीले जानकारी दिए।

कोरियाली नागरिक पनि सोही पहिरोमा पुरिएको हुनसक्ने आशंका छ। सानो पहिरो गएपछि उनीहरु अर्को स्थानमा सरेका थिए। कोरियाली नागरिक सुतिरहेको भन्दै लिन जाँदा उनीहरु दुवै पुरिएका हुन।

भर्खरै मात्र कर्नेलमा बढुवा भएका केसी सिरिया मिसनमा जाने तयारीमा थिए। उनको दुई कोरियन साथी रहेकोमा एकजना पुरिएका छन् भने एक जना सकुशल रहेको जानकारी दिइएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक उमेश पाण्डेले एकजना सकुशल रहेको बताए। उनले अर्का पुरिएका नागरिक कोरियन भएको भनिए पनि शव नभेटेसम्म केही भन्न नसक्ने बताए।

सुनकोशी नदी किनारमा रहेको उक्त रिसोर्टमा विहान खाना खाने समयमा पहिरो आएको थियो। केसी र अर्का एक जनाको शव पोस्टमार्टमका लागि सेनाको हेलिकोप्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याउने तयारी भएको छ।

प्रकाशित: १३ असोज २०८१ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =