बाढीपहिरो र डुबानबाट क्षति भएका विद्यालयको विवरण संकलन गर्दै शिक्षा मन्त्रालय

हिमाल प्रेस १३ असोज २०८१ १५:१६
70
SHARES
बाढीपहिरो र डुबानबाट क्षति भएका विद्यालयको विवरण संकलन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरो र डुबानबाट विद्यालयमा भएको क्षतिको विवरण संकलन गरेको छ। बिहीबारदेखि देशभर अविरल वर्षाका कारण बाढीपहिरो र डुबानबाट विद्यालयमा क्षति पुगेको छ।

मन्त्रालयले देशभरका विद्यालयमा पुगेको क्षतिको विवरण संकलन गरिरहेको सूचना अधिकारी तथा उपसचिव नारायण प्रसाद पोख्रेलले हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘बाढीपहिरो र डुबानबाट विद्यालयमा भएको क्षतिको विवरण संकलन भइरहेको छ।’

शिक्षा मन्त्रालयले अविरल वर्षाका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढीपहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण तीन दिन विद्यालय बिदा दिएको छ।

याे पनि 

विपद्‌मा विद्यालय : निजी स्कुलमा बढी क्षति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =