एम्बुलेन्स र अत्यावश्यक सेवाका गाडी नागढुंगा सुरुङमार्गबाट पठाउन थालियो

हिमाल प्रेस १३ असोज २०८१ १४:०९
38
SHARES
एम्बुलेन्स र अत्यावश्यक सेवाका गाडी नागढुंगा सुरुङमार्गबाट पठाउन थालियो सुरुङ।

काठमाडौँ– पृथ्वीराजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा पहिरो गएपछि अहिले यातायात पूर्णरुपमा अवरुद्ध गएको छ। पृथ्वीराजमार्ग भएर काठमाडौँ आउने र बाहिरिने सवारीलाई वैकल्पिक बाटोको प्रयोग गरेर पठाउन थालिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्ससहित अत्यावश्यक सेवाका गाडीलाई नागढुंगाको सुरुङमार्गबाट पठाउन थालिएको सडक विभागका सूचना अधिकारी इन्जिनियर अमितकुमार शर्माले जानकारी दिए।

‘सुरुङमार्गबाट एम्बुलेन्सहित अत्यावश्यक सवारीहरू पठाउन थालिएको छ,’ उनले हिमालप्रेससँग भने, ‘अहिले इमर्जेन्सी अवस्था भएकोले यसलाई पनि इमर्जेन्सीकै रुपमा सञ्चालनमा ल्याइएको हो। सुरुङमार्ग निर्माण कम्पनीका कर्मचारीहरूसँग समन्वय गरेर आजलाई विकल्प खुला गरिएका छौँ।’

धादिङको सिस्ने खोलादेखि काठमाडौँको बलम्बुसम्म २.६९ किलोमिटर सुरुङ निर्माण गरिएको छ। सुरुङ निर्माणाधीन अवस्थामै छ।

प्रकाशित: १३ असोज २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =