झ्याप्ले खोला पहिरो अपडेट : थप १० को शव फेला

हिमाल प्रेस १३ असोज २०८१ ११:१०
12
SHARES
झ्याप्ले खोला पहिरो अपडेट : थप १० को शव फेला

काठमाडौँ- धादिङको धुनिवेसी नगरपालिका-९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको जानकारी दिए। यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो।

यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरूको संख्या २४ पुगेको सशस्त्र प्रहरीले जनाएको छ। पहिरोमा बस र माइक्रोबसहरू पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ।

प्रकाशित: १३ असोज २०८१ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =