कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

हिमाल प्रेस १२ असोज २०८१ १८:४३
12
SHARES
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द भारतीय सीमामा रहेको कोसी ब्यारेज। तस्बिर स्रोत : नेपाली टाइम्स

सुनसरी- कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए। अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेको छ।

सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले साँझ ५ः०० बजे प्रतिसेकेन्ड पाँच लाख ५७ हजार क्युसेक नाघेको छ।

पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए। यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोढा समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित: १२ असोज २०८१ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =