प्रधान सेनापति सिग्देलले लिए सिरियाको सुरक्षा स्थिति र शान्ति सेनाबारे जानकारी

हिमाल प्रेस १२ असोज २०८१ १७:४०
6
SHARES
प्रधान सेनापति सिग्देलले लिए सिरियाको सुरक्षा स्थिति र शान्ति सेनाबारे जानकारी प्रधान सनेपाति सिग्देल भर्चुअल माध्यमबाट लेबनानको पछिल्लो सुरक्षा स्थितिबारे जानकारी लिँदै

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ ‘यूएनआईएफआइल मिसन’ लेबनान र ‘यूएनडीओएफ मिसन’ सिरियाको वर्तमान सुरक्षास्थितिबारे जानकारी लिएका छन्।

प्रधान सनेपाति सिग्देलले भर्चुअल माध्यमबाट संवाद गरेर त्यहाँका सुरक्षा स्थितिलगायत विविध पक्षबारे जानकारी लिएका हुन्।

संवादमा सहभागी फोर्स कमान्डर, डेपुटी फोर्स कमान्डर र सिनियर नेशनल अधिकृतहरूले लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे सिग्देललाई जानकारी गराएका थिए।

प्रधानसेनापति सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।

प्रतिकूल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उनले प्रशंसासमेत गरे।
मिसनमा खटिएको नेपाली शान्ति सेनाहरू सुरक्षित रहेको नेपाली सेनालो जनाएको छ।

प्रकाशित: १२ असोज २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =