काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरू

हिमाल प्रेस १२ असोज २०८१ १७:१९
6
SHARES
काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरू

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयमा २५ औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरू भएको छ।

काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वल्र्ड (मेलो)’ को संयुक्त आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरू भएको हो।

विश्व साहित्यमा मानव र प्रकृतिबीचको सम्बन्धलाई सुक्ष्म विश्लेषण र समालोचना गर्ने उद्देश्यका साथ तीन दिनसम्म सम्मेलन चल्ने छ।

उद्घाटन कार्यक्रममा बोल्दै मेलोकी अध्यक्ष मञ्जु खड्काले नेपालमा सम्मेलन भएको प्रति खुसी व्यक्त गरिन्। उनी भारतबाट विद्वानहरूको टोलीसहित सम्मेलनमा भाग लिन नेपाल आएकी हुन्।

सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रूपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा पार्ने प्रभावलगायतका विषयमा छलफल हुनेछ।

८० राष्ट्रिय र १२० अन्तर्राष्ट्रिय गरी दुई सय सहभागी रहेको सम्म्नेलमा करिब १२० कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्राध्यापक कृष्णचन्द्र शर्मा, प्राध्यापक आनन्द शर्मा, प्राध्यापाक रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटालगायतको सामूहिक छलफल विशेष आर्षण रहने बताइएको छ।

सम्मेलनले साहित्य, संस्कृतिलगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast