बाढी पहिरो : देशभर ४९ जनाकाे मृत्यु, काठमाडौँ उपत्यकामै ३२

हिमाल प्रेस १२ असोज २०८१ १५:३७
70
SHARES
बाढी पहिरो : देशभर ४९ जनाकाे मृत्यु, काठमाडौँ उपत्यकामै ३२

काठमाडौँ- लगातारको वर्षाका कारण आएको बाढी पहिरामा परी देशभर कम्तीमा ४९ जनाकाे मृत्यु भएकाे छ। पछिल्लाे तीन दिनदेखि भएकाे वर्षापछि आएकाे बाढी र पहिराेमा परी याे संख्यामा मानिसहरूकाे मृत्यु भएकाे हाे।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले पछिल्लाे विवरणअनुसार देशभरका विभन्न स्थान गरी ४९ जनाकाे मृत्यु भएकाे जानकारी दिए।

उनले बाढी पहिराेमा परेर ४९ जनाकाे मृत्यु, ४० जना बेपत्ता र ३४ जना घाइते भएकाे बताएका छन्। यद्यपि याे संख्या बढ्नेसक्ने उनकाे भनाइ छ।

‘हामीसँग अहिले प्राप्त भएका विवरण हाे याे। याे संख्या बढ्नसक्छ,’ हिमालप्रेससँग उनले भने,’धेरै ठाउँमा बिजुली र इन्टरनेट चलेकाे छैन। सबै ठाउँबाट डेटा प्राप्त हुन बाँकी छ, याे संख्या बढ्नसक्छ।’

बाढी पहिराेमा परी देशभर ४९ जनाले ज्यान गुमाउँदा काठमाडाैँ उपत्यकामा मात्रै ३२ जनाकाे मृत्यु भएकाे छ। उपत्यकाका विभिन्न खोलामा आएका बाढीमा परेर ३२ जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले बाढीमा परेर उपत्यकाका तीन जिल्ला गरी ३२ जनाको मृत्यु भएको जानकारी दिए।

बाढीमा परेर ललितपुरमा १६, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको उनले बताए। उनका अनुसार १७ जना घाइते भएका छन् भने ७ जना बेपत्ता छन्।

त्यस्तै दिउँसो दुई बजेसम्म बाढीमा फसेका एक हजार बढीको उद्धार गरिएको उनले जानकारी दिए।

‘बाढीमा फसेकाहरूलाई उद्धार कार्य तीब्र गतिमा थालिएको छ, दिउँसो २ बजेसम्म १ हजार ५३ जनाको उद्धार गरेका छौँ,’ उनले भने।

उपत्यकाको तल्लो क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ। घिमिरेले भने,‘नदी क्षेत्रमा फसेकाहरूको उद्धारलाई प्राथमिकता दिएका छौँ। पानीको बहावमा परेर जोखिममा परहेकाहरूको उद्धार तीव्रताका साथ भइरहेको छ।’
प्रवक्ता घिमिरेले उद्धार कार्यका लागि उपत्यकाभित्र पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

प्रकाशित: १२ असोज २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =