उद्धार कार्यमा जुट्यो नेपाली सेना

हिमाल प्रेस १२ असोज २०८१ १०:१६
12
SHARES
उद्धार कार्यमा जुट्यो नेपाली सेना

काठमाडौँ– नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा सेना परिचालन गरिएको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास नगरपालिका–५ मा पहिरोले घर पुरेपछि उद्धारमा नेपाली सेनाको फौज खटाइएको छ। सोही नगरपालिका–४ स्थित त्रिशूलामा स्थानीयको घर भासिएपछि त्यहाँ पनि सेनाको टोली उद्धारका लागि फौज पुगेको जनाइएको छ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु माध्यमिक विद्यालय डुबानमा पर्दा पाँच जना फसेको खबर प्राप्त हुनासाथ सेनाको फौज उद्धारमा खटाइएको नेपाली सेनाले जनाएको छ। ललितपुर उपमहानगरपालिका–२ स्थित नख्खु इलाका डुबान परेकाले उद्धारका लागि फौज खटाइएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा रहेको लेप्रेसी अस्पतालमा पहिरो जाँदा तीन जना पुरिएकाले उद्धारका लागि अहिले नेपाली सेनाको फौज जुटेको जनाइएको छ। त्यसैगरी काठमाडौँको त्रिपुरेश्वर, थापाथली क्षेत्रमा डुबान परेकाले त्यहाँ पनि उद्धारका लागि सेना खटाइएको छ। पाँचथरको फिदिम नगरपालिका–४ घर पुरिएपछि नेपाली सेना उद्धारमा जुटेको छ।

प्रकाशित: १२ असोज २०८१ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =