देशभर बाढीपहिरो अपडेट : ९ जनाको मृत्यु, ६ बेपत्ता

हिमाल प्रेस १२ असोज २०८१ ८:५३
18
SHARES
देशभर बाढीपहिरो अपडेट : ९ जनाको मृत्यु, ६ बेपत्ता फाइल तस्बिर

काठमाडौँ- अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परेर हालसम्म ९ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार हालसम्म पाँचथरमा दुई, धनकुटामा २, झापामा १, ललितपुरमा १ र काभ्रेमा ३ जनाको मृत्यु भएको छ।

यस्तै, हालसम्म ६ जना वेपत्ता भएको तथ्यांक छ। धनकुटा र ललितपुरमा २-२ काठमाडौँ र धादिङमा १-१ जना बेपत्ता भएको तथ्यांक छ। हालसम्म १६२ घरमा क्षति भएको छ।

यस्तै देशभर ६१९ जनाको उद्धार गरिएको सशस्त्रको तथ्यांक छ।

प्रकाशित: १२ असोज २०८१ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =