यी स्थानमा नदीहरूको तह खतरामा

हिमाल प्रेस १२ असोज २०८१ ६:३०
12
SHARES
यी स्थानमा नदीहरूको तह खतरामा गएरातिदेखि अविरल वर्षा कारण काठमाडौँ र ललितपुरको सिमाना छुटाउने थापाथलीस्थित बागमती नदीमा आएको बाढी। तस्बिर : किरनराज बिष्ट/रासस

काठमाडौँ- अविरल वर्षाका कारण विभिन्न १३ स्थानमा नदीहरूले खतराको तहको पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदीहरूमा अझै पानीको बहाव बढ्दो अवस्थामा रहेको छ।

चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ। यहाँ पानीको बहाव अझै बढ्दो क्रममा छ ।

त्यस्तै, काठमाडौँको बलकुमारमा मनोहरा, भक्तपुरको जागती र कौशलटारमामा हनुमन्ते खोला तथा ललितपुरको झरुवासीमा खोड्कु खोला र खोकनामा बागमतीको जलसतह खतराको तह पार गरेको छ।

यसैगरी, रौतहट, बारा, धनकुटा, सिन्धुली, भोजपुर, धनकुटा र सुनसरीमा पनि विभिन्न नदी तथा खोलाको जलसतहले खतराको तह पार गरिसकेको छ।

प्रकाशित: १२ असोज २०८१ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =