यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

हिमाल प्रेस १२ असोज २०८१ ६:२२
6
SHARES
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक/दुई स्थानहरूमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेस,बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

प्रकाशित: १२ असोज २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =