मुलुकको वित्तीय स्रोत पूरा गर्न बाह्य स्रोत खोज्नुपर्छ : गभर्नर अधिकारी

हिमाल प्रेस ११ असोज २०८१ १६:१७
6
SHARES
मुलुकको वित्तीय स्रोत पूरा गर्न बाह्य स्रोत खोज्नुपर्छ : गभर्नर अधिकारी गभर्नर महाप्रसाद अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय स्रोतको आवश्यकता पूरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्ने बताएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले समृद्ध हुने अपेक्षा पुरा गर्न तय भएका कार्यक्रम र योजना पूरा गर्न वित्तीय स्रोतको आवश्यकता पर्ने भएकाले बाह्य स्रोत खोज्नै पर्ने बताएका हुन्।

लगानीको वातावरणका लागि भएका ऐन नियम परिवर्तनले नेपाल सरकार लगानी प्रोत्साहन गर्न र नीजि क्षेत्रसंग सहकार्य गर्न आतुर देखिएको उनले बताए। उनले लगानीकर्ताले लगानीको सुरक्षाको प्रत्याभूत चाहने भएकाले त्यसको सहज वातावरण बनाउनुपर्नेमा जोड दिए। गभर्नर अधिकारीले अनुमानयोग्य वातावरण र नीति लगानीकर्ताले हेर्ने भएकाले यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

अधिकारीले बाह्य आयोजनाहरुलाई समयमा नै निर्माण गर्न दिनका लागि आवश्यक नीतिगत व्यवस्थाको सुधार गर्नुपर्ने समेत बताए।

प्रकाशित: ११ असोज २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =