इजरायलका ‘हिरोज फर लाइफ’ का स्वयंसेवकहरू उपत्यकाका विद्यालयमा

हिमाल प्रेस ११ असोज २०८१ १४:५७
इजरायलका ‘हिरोज फर लाइफ’ का स्वयंसेवकहरू उपत्यकाका विद्यालयमा

काठमाडौँ- इजरायलको गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरूमा दुई साताको परियोजना पूरा गरेको छ।

गैरसरकारी संस्था‘इरोज फर लाइफ’ का ३८ जना प्रतिनिधिहरूले उपत्यकाका पाँच विद्यालयमा सेप्टेम्बर १३ देखि २६ सम्म विभिन्न परियोजना पूरा गरेका हुन्।

विद्यालयभित्र शैक्षिक वातावरण र पूर्वाधार सुधार गर्ने प्रमुख लक्ष्यसहित उनीहरूले उपत्यकाका विद्यालयहरूमा परियोजना सञ्चालन गरेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ।

दूतावासले जनाएअनुसार ‘हिरोज फर लाइफ’ का फरकफरक प्रतिनिधिहरू नयाँ योजनाका साथ हरेक वर्ष ती विद्यालयहरूमा आउने गरेका छन्।

यो सहकार्यले शैक्षिक उद्देश्यका साथै नेपाल–इजरायलका नागरिकहरूबीचको सम्बन्धलाई थप मजबुत पारेको दूतावासको भनाइ छ।

‘हिरोज फर लाइफ’ का प्रतिनिधिहरूको सम्मानमा दूतावासले विशेष कार्यक्रमको आयोजनासमेत गरेको थियो।

सन् २०१७ देखि नेपालमा स्वयंसेवीका रूपमा काम गरिरहेको ‘हिरोज फर लाइफ’ ले विभिन्न १८ मुलुकहरूमा काम गर्दै आइरहेको दूतावासले जनाएको छ।

प्रकाशित: ११ असोज २०८१ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =