चितवनमा माइक्रो र ट्यांकर ठोक्किँदा १६ घाइते

हिमाल प्रेस ११ असोज २०८१ ८:१०
28
SHARES
चितवनमा माइक्रो र ट्यांकर ठोक्किँदा १६ घाइते

चितवन- मुग्लिङ नारायणगढ सडकखण्डमा माइक्रो र दूध बोक्ने ट्यांकर एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्यांकर गएराति झन्डै ११:३० बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाका सबै घाइते माइक्रोमा यात्रा गर्ने चालकसहितका यात्रु हुन्।

घाइते हुनेमा पूर्वी नवलपरासी कावासोतीका २४ वर्षीया सृष्टि भुसाल, वर्ष ५२ को को रामजी भुसाल, सोनीका भुसाल र साहिल श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भई चितवन मेडिकल कलेजमा उपचार गराइएकामा कावासोतीका कमला श्रेष्ठ, रेजिना पराजुली अरुणिमा पौडेल, माइक्रो चालक कावासोतीका चिन्ता बहादुर महतो, कावासोती ७ बस्ने वर्ष ३२ को सन्तोष महतो, कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङगेली, कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले, कावासोती २ बस्ने वर्ष ६ को ईहान आले , कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुसाल, कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुसाल, सुनिल गरौँ र बागलुङ जयमिनि गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३७ को फणीन्द्र थापा रहेका छन्।

दुर्घटनाग्रस्त ट्यांकर चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने वर्ष २९ को पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छन्।

प्रकाशित: ११ असोज २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =