काठमाडौँ-तराई/मधेस द्रुतमार्गको वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन

हिमाल प्रेस १० असोज २०८१ २०:३९
8
SHARES
काठमाडौँ-तराई/मधेस द्रुतमार्गको वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन

काठमाडौँ-  काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको वार्षिक जर्नल, चौथो संस्करण प्रकाशन भएको छ। नेपाली सेनाको जंगी अड्डामा आज (बिहीबार) आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले उक्त जर्नलको विमोचन गरे।

राष्ट्रिय गौरव एवं रणनैतिक महत्त्व बोकेको यस आयोजनाको वार्षिक रूपमा प्रकाशन हुँदै आइरहेको जर्नलको चौथो संस्करणमा आयोजनासम्बन्धी हालसम्मको प्रगति, चुनौती र समाधानका लागि चालिएका कदम एवं भविष्यका कार्ययोजनाहरूसँग सम्बन्धित शोध समावेश गरिएको छ।

आयोजनाले उत्कृष्ट तीन सोधकर्तालाई आजै पुरस्कृत गरेको छ। प्रथम हुने समूह सन्देश लम्साल, पुरुषार्थ खतिवडा, रोजी प्रधानाङ्ग, प्रदीपकुमार श्रेष्ठ र अनिल मरासिनीलाई ५१ हजार नगद राशिसहित सेनाले पुरस्कृत गरेको छ।

यस्तै द्वितीय हुने दिवस गौतम र वसन्त लेखक ३१ हजार नगदसहित पुरस्कृत भए। यस्तै प्रणव यादव र रुवी अधिकारी २१ हजारसहित पुरस्कृत भए।

यस जर्नलमा निर्माण कार्यमा संलग्न विषयविज्ञ, प्राविधिक, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी एवं विशेषज्ञ समेतका २२ वटा विभिन्न सोधकार्य समावेश गरिएको छ।

नेपाली सेनालाई मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। आयोजना २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

सेनाले हालसम्म एक हजार ४११ किलोमिटर लम्बाइको ३२ वटा सडक आयोजनाहरू सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ। सेनाद्वारा पाँचवटा सडक आयोजना निर्माणाधीन रहेको छ।

प्रकाशित: १० असोज २०८१ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =