दयाहाङले सके ‘अञ्जिला’को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा हुने

हिमाल प्रेस १० असोज २०८१ १९:११
10
SHARES
दयाहाङले सके ‘अञ्जिला’को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा हुने

काठमाडौँ- नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वरांकन (डबिङ) सम्पन्न भएको छ। चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ। व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन्।

चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन्। चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलनमार्फत् अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ।

चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन्। साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन्।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो। चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा देखाइनेछ। निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ। उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन। तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ।

चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता छन्। विनोद सुवेदी खत्रीले चलचित्रको निर्माण नियन्त्रकको भूमिका निभाएका छन्।

प्रकाशित: १० असोज २०८१ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast