कांग्रेस-एमालेबीच विवाद सुरु भइसक्यो, ओली सरकार लामो समय टिक्दैन : प्रचण्ड

हिमाल प्रेस १० असोज २०८१ १८:३५
36
SHARES
कांग्रेस-एमालेबीच विवाद सुरु भइसक्यो, ओली सरकार लामो समय टिक्दैन : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका हुन्।

केही समयभित्रै कांग्रेस–एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए। प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे।

सरकारबाट निक्लिँदै गर्दा कार्यकर्ताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनले बताए। त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिध्याउने षड्यन्त्र हुँदै आएको बताए। त्यस्तो षड्यन्त्रको घेरा तोड्दै अघि बढ्ने उनले जिकिर गरे। ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धिलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनको भनाइ छ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताए। केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनको भनाइ छ।

प्रकाशित: १० असोज २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =