तीन तहकै प्रधानाध्यापकको भत्ता रकम थप, कसको कति पुग्यो?

हिमाल प्रेस १० असोज २०८१ १२:५१
3.6k
SHARES
तीन तहकै प्रधानाध्यापकको भत्ता रकम थप, कसको कति पुग्यो?

काठमाडौँ- सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता रकम थप भएको छ। नवलपरासीको सुनवल नगरपालिकाले पालिकाअन्तर्गतको सामुदायिक विद्यालयका प्रधानाध्यापको भत्ता थप गरेको हो।

माध्यमिक तह, आधारभूत तह र प्राथमिक तहका प्रधानाध्यापकको संघीय सरकाबाट प्राप्त हुने भत्ता रकममा नगरपालिकाले थप गरेको हो।

नगरपालिका शिक्षा समितिको ०८९ असाेज ७ को निर्णयअनुसार प्रधानाध्यापकको जिम्मेवारी, कार्यक्षेत्र, भूमिकाका आधारमा भत्ता वृद्धि  गरिएको पालिकाले ‍ मंगलबार (८ असोज) सबै विद्यालयलाई पठाइएको पत्रमा उल्लेख गरेको छ।

नगरपालिकाले तोकेको भत्ता नगरको स्रोतबाट व्यहोरिने हुँदा विद्यालयबाट अन्य कुनै पनि थप भत्ता व्यवस्था नगर्न नगराउन अनुरोध गरिएको छ।

भत्ता रकम

माध्यमिक तहको प्र.अ. भत्ता
संघीय सरकारबाट – ५०० रुपैयाँ
नगर थप – ४,५०० रुपैयाँ
जम्मा – ५,००० रुपैयाँ

आधारभूत तहको प्र.अ.भत्ता
संघीय – ३०० रुपैयाँ
नगर थप – २,७०० रुपैयाँ
जम्मा  – ३,००० रुपैयाँ

प्राथमिक तहको प्र.अ.भत्ता
सं‌घीय – २०० रुपैयाँ
नगर थप – १८०० रुपैयाँ
जम्म २,००० रुपैयाँ

प्रकाशित: १० असोज २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =