इन्स्पेक्टर विनु शाही
काठमाडौँ- नेपाल प्रहरीकी एक इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसिएको हो।
उनीमाथि आर्थिक अपचलनको गम्भीर आरोप छ। उनको बैंक खातामा बलात्कार आरोपितका आफन्तले रकम जम्मा गरेको भेटिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार शाहीलाई जिम्मेवारी मुक्त गरेर फिर्ता बोलाएर थप अनुसन्धान सुरु भएको छ।
प्रकाशित: १० असोज २०८१ १२:२४ | Thursday, September 26, 2024
प्रतिक्रिया





