विदेशिने कामदारको अभिमुखीरण तालिम आइरिस प्रणालीबाटै

हिमाल प्रेस १० असोज २०८१ ११:५८
10
SHARES
विदेशिने कामदारको अभिमुखीरण तालिम आइरिस प्रणालीबाटै

काठमाडौँ- सरकारले वैदेशिक रोजगार अभिमुखीकरण तालिम आइरिस प्रणालीबाट सञ्चालन गर्ने भएको छ।

अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिस्टम हुन्छ।

वैदेशिक रोजगार विभागको असोज ८ गतेको निर्णयअनुसार आगामी असोज १३ गतेदेखि फेसटाइम एटेण्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन र देशगत कलष्टर लागू गरिने जनाएको छ।

विभागले सबै अभिमुखीकरण तालिम प्रदायक संस्थालाई पत्र लेख्दै सबै तयारी पूरा भएको समेत जानकारी गराएको छ।

वैदेशिक रोजगारमा जाने वास्तविक उम्मेदवारले आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिस्टमबाटै अभिमुखिकरण तालिम लिनुपर्ने वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए।

अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई कक्षामा उपस्थिति नै नगराउने गुनासो बढेपछि सरकारले आइरिस रेटिनाको व्यवस्था गरेको उनको भनाइ।

फिंगरप्रिन्ट र आइरिस स्क्यानर, बायोमेट्रिक प्रविधि द्रूत गतिमा अगाडि बढेका विश्वसनीय प्रविधि मानिने विभागले जनाएको छ।

रेटिनामा भएको रक्त नलीको छुट्टै अनौठो ढाँचा हुने र त्यसले व्यक्तिको वास्तविक पहिचान हुने समेत विभागको दाबी छ।

प्रकाशित: १० असोज २०८१ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =