गृहमन्त्रीले गरे अध्यागमन कार्यालयको अनुगमन, छवि सुधार्न निर्देशन

हिमाल प्रेस ९ असोज २०८१ १४:५६
10
SHARES
गृहमन्त्रीले गरे अध्यागमन कार्यालयको अनुगमन, छवि सुधार्न निर्देशन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अध्यागमन कार्यालयमा गृहमन्त्री रमेश लेखक।

काठमाण्डौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयसम्बन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको छवि सुधार गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतमा स्वीकार्य हुने बताए।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,’ उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यहीँ हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो।’

गृहमन्त्री लेखकले अध्यागमनका सौहाद्रपूर्ण, सहीशुष्ण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए।

सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए।  अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए।

प्रकाशित: ९ असोज २०८१ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =