नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

हिमाल प्रेस ९ असोज २०८१ ११:३३
2
SHARE
नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

काठमाडौँ- नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा तारानाथ अर्याल सर्वसम्मतरूपमा निर्वाचित भएका भएका छन्। उनी नेपोलियन हेल्थ केयर सेन्टर प्रालिका सञ्चालक हुन्।

मंगलबार भएको कार्यसमिति निर्वाचनमा अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरु सर्वसम्मतिले निर्वाचित भएको संघले जनाएको छ। संघले नवनिर्वाचित कार्यसमितिलाई मंगलबार नै पद तथा गोपनीयताको शपथ र पदबहाली गराएको छ। संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्ण प्रसाद बजगाईं, सचिवमा पंकज कुमर झा र कोषाध्यक्षमा रुनुका खड्का (सदीक्षा) निर्वाचित भएका छन्।

यस्तै, कार्यसमितिको सदस्यहरूमा क्रमशः भरत सापकोटा, रमेश आचार्य, विष्णु माया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेशकुमार राय र आनन्द यादव निर्वाचित भएका छन्। पदबहाली कार्यक्रममा बोल्दै मेडिकलका नाममा हुने सिण्डिकेटको अन्त्य गरी स्वास्थ्य परीक्षणलाई प्रविधिमैत्री र कामदारको हितमा केन्द्रित गर्ने भन्दै अध्यक्ष अर्यालले बताएका थिए। संघीय संरचनाअनुसार सबै प्रदेशका श्रमिकको पहुँचमा स्वास्थ्य परीक्षण सेवा पु¥याउने उनको भनाइ छ।

संघको यसअघि नै साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको भएपनि नेतृत्वका लागि आकांक्षीहरूको गुटबन्दी बढेका कारण निर्वाचन स्थगित भएको थियो।

प्रकाशित: ९ असोज २०८१ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =