मधेशका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

हिमाल प्रेस ९ असोज २०८१ १०:५५
4
SHARES
मधेशका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। एक हिसाबले मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरूको प्रगति विवरण सावर्जनिक गरिएको हो।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको प्रगति विवरणमा काम कम लक्ष्य बढी उल्लेख गरिएको छ। मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको कामको विवरणमा काम कम लक्ष्य बढी उल्लेख गरिएको छ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यय्न अध्यापनका लागि ५० सीटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख गरेका छन्।

यसका साथै प्रदेशसभामा बसेको २९ बैठक, प्रदेशसभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ।

यसका अतिरिक्त मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ।

प्रकाशित: ९ असोज २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =