प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डरबीच भेटवार्ता

हिमाल प्रेस ९ असोज २०८१ ६:३३
4
SHARES
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डरबीच भेटवार्ता

न्युयोर्क- प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका बेला प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच मंगलबार भेटवार्ता भएको हो ।

सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए भने मंगलबारै यूएसएआईडीका प्रमुख सामन्थ पावरसँग पनि भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले मंगलबारै राष्ट्रसंघको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिएका थिए ।

प्रकाशित: ९ असोज २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =