 
                            
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा रहेकै बेला उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भने सोमबार राती चीन पुगेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री तथा अमेरिकी अधिकारीहरूसँग भेटघाट गरिरहेका छन् ।
यता पौडेल भने चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा बेइजिङ पुगेको बताइएको छ । पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेल शनिबार मात्र नेपाल फर्कनेछन् ।
                            प्रकाशित: ८ असोज  २०८१ ६:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 