काठमाडौँ- जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका सातजना थुनुवा पक्राउ परेका छन्। थुनुवा कक्षबाट फरार भएका ९ मध्ये सात जना थुनुवा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले फरारमध्ये सात जना पक्राउ परेको जानकारी दिए।
उनले धनुषा नगराईन–२ का मनिष मण्डल र धनुषा औरही गाउँपालिका–२ का विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको जानकारी दिए।
मण्डल अभद्र व्यवहार र मुखिया लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवा हुन्।
प्रहरी उपरीक्षक तिवारीले पक्राउ पर्न बाँकी रहेका दुई जनाको खोजी भइरहेको जानकारी दिए। उनले धनुषाको विभिन्न स्थानबाट फरार थुनुवाहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
थुनुवाकक्षबाट फरार भएको केहीबेरमै प्रहरीले महोत्तरी जलेश्वर–५ का सत्यम झालाई जनकपुरधामको जनक चोकबाट नियन्त्रणमा लिएको थियो।
जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षको भेन्टिलेसन फोडेर सोमबार बिहान ९ जना थुनुवाहरू फरार भएका थिए। फरार हुने थुनुवाहरू लागुऔषध, अभद्र व्यवहारलगायतका मुद्दामा पक्राउ परेका थिए।
फरार भएका थुनुवाहरू