सुरक्षा संवेदनशीलताका कारण स्थगित भयो प्रधानमन्त्रीको ‘नेपाली भाषी’सँगको अन्तरक्रिया

हिमाल प्रेस ७ असोज २०८१ ८:५९
16
SHARES
सुरक्षा संवेदनशीलताका कारण स्थगित भयो प्रधानमन्त्रीको ‘नेपाली भाषी’सँगको अन्तरक्रिया

काठमाडौँ- अमेरिकामा रहेका नेपाली भाषीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बोधन गर्ने भनिएको कार्यक्रम सुरक्षा संवेदनशीलताका कारण स्थगित गरिएको हो।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

‍संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागतमा त्यहाँस्थित नेपालीलीले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो।

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ,’ नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जारी गरेको सूचनामा भनिएको छ।

 

प्रकाशित: ७ असोज २०८१ ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =