हिरासतबाटै भागे ९ जना थुनुवा, एक नियन्त्रणमा

हिमाल प्रेस ७ असोज २०८१ ७:३०
12
SHARES
हिरासतबाटै भागे ९ जना थुनुवा, एक नियन्त्रणमा

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन्। जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतबाट सोमबार बिहान उनीहरू फरार भएका हुन्।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले थनुवाकक्षको भेन्टिलेसन फोडेर उनीहरू फरार भएको जानकारी दिए। ‘थुनुवाकक्षको भेन्टिलेसन तोडेर आज बिहान ४ बजेतिर उनीहरू फरार भएका छन्,’ अवाले भने। उनका अनुसार फरार थुनुवामध्ये एक जनालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ।

महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ५ का सत्यम झा रहेको उनले बताए।
फरार भएका अन्य आठ जना थुनुवाहरूको खोजी भइरहेको डिएसपी अवाले बताएका छन्। फरार भएका थुनुवाहरू लागूऔषध, चोरी, अभद्र व्यवहारलगायतका घटनामा पक्राउ परेको उनले जानकारी दिए।

यी हुन् फरार भएका थनुवाहरू

प्रकाशित: ७ असोज २०८१ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =