ओली र मोदीबीच अमेरिकामा भेटवार्ता

हिमाल प्रेस ७ असोज २०८१ ६:२१
10
SHARES
ओली र मोदीबीच अमेरिकामा भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ। ओली र मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो।

संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका थिए। ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। शनिबार साँझ प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने तालिका छ।

 

प्रकाशित: ७ असोज २०८१ ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =