बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

हिमाल प्रेस ६ असोज २०८१ १९:३४
6
SHARES
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर- बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित बनेको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको सार्वजनिक गरेको छ।

प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै त्यसमा आर्थिक समृद्धि हासिलका साथै विकास पूर्वाधार निर्माणलाई जोड दिइएको बताए। पर्यटन क्षेत्रको विकास र सुशासन कायम गर्नेतर्फ विशेष ध्यान दिने विषय समेटिएका उनले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसद्मा रहेका विभिन्न दलहरुको भावनालाई समेटेर राष्ट्रिय गौरवको आयोजना, विकासका पूर्वाधार तथा बजेटको बाँडफाँट निष्पक्ष ढङ्गबाट गरिने विषयलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए।

संघीय सरकारसँगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्युरो स्थापना, तीनवटै तहका सरकारको अन्तरसम्बन्ध, सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संवैधानिक व्यवस्थानको पूर्ण पालना , राष्ट्रिय हितको रक्षा र प्रदेशबासीको समृद्धि, सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्य, प्रदेशसभा सदस्यलगायतकाे सहभागिता थियो ।

प्रकाशित: ६ असोज २०८१ १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =