सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य

हिमाल प्रेस ६ असोज २०८१ १६:१२
2
SHARE
सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न सरकार प्रतिबद्व रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरुको दाङको तुलसीपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नयाँ सरकार बनेको ६० दिनमा सुशासन, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्व रहेको बताएका हुन्।

सुशासनका लागि सरकारले महत्त्वपूर्ण निर्णयहरु गरेर निर्मम कदमहरु चालेको बताए।  ‘पूर्वविशिष्ट व्यक्तिको सेवासुविधा खारेज ग¥यौँ। यो निर्णयले जनतामा आशा जगाएको छ,’ उनले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिता लगायौं। मुख्यमन्त्री र मन्त्रीहरुलाइ जवाफदेही बनाउने काम गरिएको छ।’

उनले योजना कार्यान्वयनमा देखिएको बेथिति रोक्न प्रतिस्पर्धाबाटबाट योजना कार्यान्वयन गर्ने नीति अवलम्बन गरेकाले यसले सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

यस्तै मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट इमानदारी पूर्वक  कार्यान्वयन गरिने जानकारी दिए। ‘म आर्थिक मामिला मन्त्री हुँदा ल्याएको बजेट हो।  चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने गरि बजेट ल्यायौँ। त्यहीँ बजेट कार्यान्वयन हन्छ,’ उनले भने ।

चालू खर्चमा २ अर्व २९ करोड घटाउने र पुँजीगत तर्फ १ अर्व ३२ करोड बढाउनेगरी बजेट आएको थियो।

प्रकाशित: ६ असोज २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =