चिया विकास निगमका तत्कालीन लेखापालहरू भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमाल प्रेस ६ असोज २०८१ १७:५८
6
SHARES
चिया विकास निगमका तत्कालीन लेखापालहरू भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ- नेपाल चिया विकास निगमका तत्कालीन लेखापालहरू भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले निगमका तत्कालीन सिनियर लेखापाल सञ्जय बिलौटिया र लेखा पाल मनिषकुमार कर्णलाई दोषी ठहर गरेको हो।

बिलौटिया र कर्णले चारवटा आर्थिक वर्षमा झुटा बिल भरपाई पेश गरी वास्तविक विद्युत महसुलभन्दा बढी रकम अपचलन गरेको विशेषले ठहर गरेको छ।

दुवै जनालो पदीय दायित्व एवं कर्तव्य निर्वाह नगरी झुटा बिल भरपाईका आधारमा वास्तविक महसुलभन्दा बढी रू. ३२ लाख ५२ हजार ३६८ सार्वजनिक संस्थालाई हानिनकोक्सानी पुर्‍याएको विशेषको फैसलामा उल्लेख छ।

बिलौटिया र कर्णलाई जनही तीन महिना कैद तथा बिगोको दामासाहीका हिसाबले १६ लाख २६ हजार १८४ रूपैयाँ असुलउपर गर्न विशेषले फैसला गरेको छ।

यही मुद्दामा विशेषले प्रतिवादीहरू गुणराज श्रेष्ठ र वेदबहादुर रानालाई सफाइ दिएको छ।

झुटा बिलभरपाई बनाई वास्तविकभन्दा बढी विद्युत महसुल बुझाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गत वैशाख २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: ६ असोज २०८१ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =