सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

हिमाल प्रेस ६ असोज २०८१ १७:३६
18
SHARES
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ छविलाल जोशी

काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन्। सहकारी ठगी प्रकरणमा मुछिएका जोशीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। उनीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका जोशीलाई संसदीय विशेष छानबिन समितिले पनि कारबाही गर्न सिफारिस गरेको थियो।

गोर्खा मिडियाका अर्का सञ्चालक जीबी राई भने फरार छन्। गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालिक ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्धनिर्देशक रवि लामिछानेमाथि पनि कारबाहीको लागि सिफारिस गरिएको छ। लामिछानेले सहकारीबाट रकम ल्याउने काम नगरेको तर सहकारीबाट आएको रकम अपचलन गरेको गम्भीर आरोप छ।

प्रकाशित: ६ असोज २०८१ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =