पक्राउ परे दुर्गा प्रसाईं

हिमाल प्रेस ६ असोज २०८१ १६:१३
64
SHARES
पक्राउ परे दुर्गा प्रसाईं दुर्गा प्रसाईं

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा केही दिनअघि उनीसहित तीन जनाविरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौँ पक्राउ पुर्जी पनि जारी गरेको थियो।

आज आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार प्रसाईंलाई साइबर ब्युरोमा लगिँदैछ।

‘साइबर ब्युरोको टोलीसँगको समन्वयमा पक्राउ गरिएको हो,’ उनले भने, ‘अहिले पक्राउ परेका व्यक्तिलाई भक्तपुर प्रहरीले साइबर ब्युरोमा छोडिदिँदैछ।’

प्रसाईं पक्राउ परेसँगै पक्राउ पुर्जी जारी भएका युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने बताइएको छ। केही व्यक्तिको चरित्र हत्या गर्ने गरीअभिव्यक्ति दिएको र त्यस्ता अभिव्यक्तिसहितको अन्तर्वार्ता प्रकाशन गरेको आरोप उनीहरूमाथि छ।

प्रकाशित: ६ असोज २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =