श्रीलंकामा राष्ट्रपति निर्वाचन : शान्तिपूर्ण रूपमा सम्पन्न

हिमाल प्रेस ५ असोज २०८१ २०:१०
14
SHARES
श्रीलंकामा राष्ट्रपति निर्वाचन : शान्तिपूर्ण रूपमा सम्पन्न

काठमाडौँ- श्रीलंकामा राष्ट्रपति चयन गर्न शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि सुरू भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको थियो। मतदानका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न देशभर ६३ हजार सुरक्षाकर्मी परिचालन भएका थिए।

राष्ट्रपति चुनावमा मतदान गर्न योग्य एक करोड ७० लाखभन्दा बढी मतदाता रहेको जनाइएको छ।

यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रानिल विक्रमसिङ्घे, विपक्षी सामागी जना बलवेगाका साजिथ प्रेमदासा र नेसनल पिपुल्स पावरका अनुरा कुमारा दिसानायकेसहित कुल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

श्रीलंकाको संविधानअनुसार कुनै पनि उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कुनै पनि उम्मेदवारले यो संख्या पु¥याउन नसकेको अवस्थामा दोस्रो चरणको मतदान हुने व्यवस्था छ।

दोस्रो चरणको मतगणनामा पहिलो चरणको मतदानमा शीर्ष मत पाएका दुई उम्मेदवारमध्ये मतदाताहरूको दोस्रो वा तेस्रो प्राथमिकता सूचीमा रहेका उम्मेदवारको मतगणना गरिन्छ।

सन् २०१९ को नोभेम्बरमा राष्ट्रपति चुनाव जितेका गोटबाया राजपाक्षे देशमा गम्भीर आर्थिक संकट उत्पन्न भएपछि सुरू भएको आन्दोलनका कारण देश छोडेर भागेका थिए। सन् २०२२ को जुलाईमा उनले राजीनामा दिएपछि विक्रमासिङ्घे राष्ट्रपति बनेका थिए।

प्रकाशित: ५ असोज २०८१ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =