देशलाई आर्थिक संकटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस ५ असोज २०८१ १७:३५
22
SHARES
देशलाई आर्थिक संकटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको हो  : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेकपा (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनका लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन्।

लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा शनिबार एमाले लमजुङको तेस्रो बैठकमा बोल्दै उनले सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए। उनले भने, ‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ।’

सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे। सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारे।

मन्त्री गुरूङले भने, ‘खासगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन।’ उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरु घटाउनुपर्ने बताए।

प्रकाशित: ५ असोज २०८१ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast